डुंगा पल्टिँदा ११ को मृ’त्यु, ८ जना बे’पत्ता

डुंगा पल्टिँदा ११ को मृ’त्यु, ८ जना बे’पत्ता

काठमाडौं : छिमेकी राष्ट्र भारतको महाराष्ट्रको अमरावतीस्थित वर्धा नदीमा डुंगा पल्टिँदा ११ जनाको मृत्यु भएको छ, भने ८ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटनास्थलमा त्यहाँका प्रशासनले रेस्क्यू अपरेशन चलाएको बताइएको छ । त्यसोत पछिल्लो साता मात्रै भारतको असममा पनि डुंगा दुर्घटना भएको थियो । असमको जोरहाटमा दुई वटा डुंगा एकापसमा ठोक्किदा भएको उक्त दुर्घटनामा ८० जना भन्दा बढी डुबेका थिए ।

डुबेकामध्ये अधिकांशलाई बचाइएको थियो । उक्त घटनामा एक महिलाको मृत्यु भएको थियो, भने केही जना बेपत्ता भएका थिए ।

त्यस्तै, रुपन्देहीमा एक दम्पतीले घाँटी रेटेर आफ्नै ८ महिने छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बाबु श्रीराम मल्लाहा र आमा रेनु मल्लाहाले छोरा सुरजको घाँटी रेटेर हत्या गरेको खुलेको रूपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिएका छन् ।

रूपन्देहीको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा मल्लाह दम्पतीले शनिबार छोराको हत्या गरेको डिएसपी थापाले बताए । प्रहरीले शिशुको हत्या भएको आंशकामा शनिबार नै उक्त दम्पतीलाई नियन्त्रणमा लिएको थियो ।