दशैं र तिहारलाई यी चार फिल्म चल्ने, यस्तो लेख्छन् दीपकराज गिरी

दशैं र तिहारलाई यी चार फिल्म चल्ने, यस्तो लेख्छन् दीपकराज गिरी

काठमाडौं : लामो समयपछि सिनेमा हल खुल्ने खबरले दर्शकहरु मात्र होइन चलचित्रकर्मीहरु समेत उत्साहित भएका छन् ।

यद्यपि, प्रदर्शनको पालो पर्खेर बसेका एक दर्जनभन्दा बढी नेपाली फिल्महरु भए पनि दशैं–तिहारजस्ता ठूला चाडपर्वको बेला प्रदर्शन हुने नेपाली फिल्मको संख्या भने निकै कम छ । यसपटकको दसैंमा दुई तथा तिहारमा दुई वटा फिल्म मात्र प्रदर्शन हुने भएका छन् ।

एनबी अन्जानद्वारा निर्देशित फिल्म ‘धन्दागिरी’ फूलपातीको एक दिनअघि अर्थात असोज २५ गतेदेखि प्रदर्शन हुने भएको छ भने सोभित बस्नेतद्वारा निर्देशित ‘डाँडाको वरपीपल’ असोज २६ गते सिनेमा हलमा प्रदर्शन गरिने भएको छ । तिहारमा भने ‘चोर र पुलिस’ र ‘धूम–४’ शीर्षकका दुई फिल्म प्रदर्शन हुने भएका छन् ।

आरएल मोक्तानको निर्देशनमा बनेको ‘चोर र पुलिस’ १७ कात्तिकमा रिलिज हुँदैछ भने जयकिशन बस्नेत निर्देशित ‘धूम–४’ १८ कात्तिकमा दर्शकमाझ ल्याइँदैछ । यसबाहेक लप्पन–छप्पन–२ तथा एम मेरो हजुर–४ ले मात्र प्रदर्शनको मिति घोषणा गरेका छन् । मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन–२’ शिवरात्रीको अवसरमा १३ फागुनमा प्रदर्शन गरिने छ भने झरना थापाको फिल्म ‘ए मेरो हजुर–४’ नयाँ वर्ष २०७९ को अवसर पारेर २५ चैतमा प्रदर्शन गरिने छ ।

यसैबीच चलचित्रकर्मी दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुमा एउटा स्टाटस लैख्दै कोरोना कालअघि दर्शै तिहार जस्ता चाडपर्वमा चार–पाँच वटा फिल्म जुधाउन तँछाडमछाड गर्ने नेपाली निर्माताहरु अहिलेको संकटको समयमा चुप लागेको देखेपछि एउटा स्टाटस लेखेर चित्त दुखाएका छन् ।

उनले लेखेका छन्– ‘अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो । कम से कम दशैंमा रिलिज गर्ने डेट तोकेर तयार भएर बसेका साथीहरू ले त आँट गर्नु पर्ने थियो नि । सहज हुँदा एक–आपसमा भिंडने, अप्ठेरो बेला चाहिँ।’