बैँकको अधिकृतले ल्याए “राजाको हात्ती“, हेर्नुहोस भिडियोसहित

बैँकको अधिकृतले ल्याए “राजाको हात्ती“, हेर्नुहोस भिडियोसहित

काठमाडौं : बैंकरसमेत रहेका गीतकार विदुर तिमिल्सिना (देवदूत) ले “राजाको हात्ती“ बोलको गीत बजारमा ल्याएका छन् । आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती ल्याई सांगीतिक बजारमा आएका हुन् ।

उनले खाडीका नेपालीहरुको अनुभवलाई गीत मार्फत उतार्ने प्रयास गरेका छन् । गीतमा सर्जक तथा गायक दिनेश गौतम र भारतीय गायिका अनु सिंहको स्वर रहेको छ । गीतको भिडियोलाई प्रिन्स डेनियलले निर्देशन गरेका हुन् भने वसन्त अधिकारी भिडियोको एसोसिएट निर्देशक छन् ।

उक्त गीतलाई भिडियोले पनि न्याय गरेको छ । ​ भिडियोमा श्रीमान् श्रीमतीको भूमिकामा मुकुन भुसाल र सृष्टि खड्कालाई देख्न सकिन्छ । यस्तै अभिनयमा कलाकार लोकमणी सापकोटा, रचना लामिछाने र शारदा गिरीले साथ दिएका छन् ।

नेपाल बैँकमा अधिकृतका रुपमा आफ्नो करियर अघि बढाएका उनले राजाको हात्तीलाई दर्शक श्रोताले मन पराइदिने विश्वास लिएको बताएका छन् ।