ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुहोस् तोलामा कति ?

ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुहोस् तोलामा कति ?

काठमाडौं : गत मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो ।

अघिल्लो दिन मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तर, यता चाँदीको मूल्य भने तीन दिन यताकै निरन्तर बुधबार पनि स्थिर रहँदै प्रतितोला एक हजार १६० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य भने तोलामा ४०० रुपैयाँले नै बृद्धि हुँदै आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।