मध्यभोटेकोशीको यति धेरै कित्ता आईपीओ आजदेखि खुला, कति कित्तासम्म आवेदन दिन पाइने ?

मध्यभोटेकोशीको यति धेरै कित्ता आईपीओ आजदेखि खुला, कति कित्तासम्म आवेदन दिन पाइने ?

काठमाडौं : आजदेखि मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।

कम्पनीले आजबाट प्रतिकित्ता १०० का दरले ९० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये ५ प्रतिशत सामूहिक लगानीकोष र ४ प्रतिशत कर्मचारीका लागि छुट्याइएको छ ।

कम्पनीले सिन्धुपाल्चोकबासी र प्रभावित क्षेत्रका लागि भने यसअघि नै आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

कम्पनीले आईपीओका लागि केयर रेटिङ नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ प्राप्त गरेको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई बैंक रहेको छ भने आईपीओ भर्ने अन्तिम मिति असोज २५ गतेसम्म छ ।