माओवादी, नेकपा एस र जसपाले टुंग्याए १२ मन्त्री, यी मन्त्रीले कुन–कुन मन्त्रालयको नेतृत्व गर्दैछन् ?

माओवादी, नेकपा एस र जसपाले टुंग्याए १२ मन्त्री, यी मन्त्रीले कुन–कुन मन्त्रालयको नेतृत्व गर्दैछन् ?

काठमाडौं : सरकारमा सहभागी हुन माओवादी, नेकपा एस र जसपाले मन्त्रीको नाम टुंग्याएका छन् ।

तीन दलबाट सरकारमा सहभागी हुने १२ मन्त्रीको नाम तीन दलले तय गरेका हुन् । सत्ता गठबन्धनमा आवद्ध दलमध्ये नेतृत्वकर्ता दल कांग्रेसका मात्रै मन्त्रीमा नाम टुंगिन बाँकी छ ।

माओवादीले शिक्षामा शिक्षामा देवेन्द्र पौडेल, भूमि व्यवस्थामा शशी श्रेष्ठ र महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाउने भएको हो । बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय माओवादीको छ ।

नेकपा एसबाट विरोध खतिवडा स्वास्थ्य मन्त्री, रामकुमारी झाक्रीलाई पर्यटन मन्त्री बनाइदैछ । यस अघि झाक्रीलाई स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी थियो । प्रेम आले सहरी विकास मन्त्री बन्दैछन् । किसान श्रेष्ठलाई श्रम मन्त्री बनाइदैछ । यस अघि आलेलाई पर्यटन र खतिवडालाई सहरी विकास मन्त्री बनाउने तयारी थियो ।

जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रमोद साह र रामसहाय यादव मन्त्री हुँदैछन् । जसपाले सरकारमा जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय पाएको छ ।

कांग्रेसबाट डा. मीनेन्द्र रिजला, दिलेन्द्र बडु, उमाकान्त चौधरी र उमा रेग्मी मन्त्री बन्ने बताइएको छ ।