किसान ह’त्याका’ण्डमा गृह राज्यमन्त्रीको छोरा नै प’क्राउ

किसान ह’त्याका’ण्डमा गृह राज्यमन्त्रीको छोरा नै प’क्राउ

काठमाडौं : भारत केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राको छोरालाई प्र’हरीले प’क्राउ गरेको छ ।

उत्तर प्रदेशको लखिमपुर खिरीका किसानहरुलाई गाडीले कुल्चिएर ह’त्या गरेको अभियोगमा गृह राज्यमन्त्री मिश्राको छोरा आशिषलाई प्रहरीले पक्राउ गरेको हो ।

सो आरोपका सम्बन्धमा शनिबार प्रहरीले उनीसँग १२ घण्टासम्म सोधपुछ गरेको थियो । डिआईजी उपेन्द्र अग्रवालले घटनाबारे सोधपुछ गर्ने क्रममा आशिषले सहयोग नगरेको र उत्तर दिनबाट पन्छिन खोजेकोले उनलाई न्यायिक हिरासतमा पठाइएको जानकारी दिएका छन् ।

आशिष मिश्रा लखिमपुर खिरीको तिकुनिया किसान ह’त्याका’ण्डका मुख्य आरोपी हुन् । सरकारले ल्याएको एक कानु’नविरुद्ध लामो समयदेखि आन्दोलनरत किसानहरुको र्‍यालीमा सहभागीहरुलाई पछाडिबाट कारले ठक्कर दिएर ह’त्या गरेको आ’रोप उनीमाथि लागेको छ ।

३ अक्टुबरको यो घटनामा चार जना किसानहरुको मृ’त्यु भएको थियो । त्यसपछि भड्किएको हिंसामा परी दुई जना भाजपाका कार्यकर्ता, एकजना आशिष मिश्राको गाडी चालक र एक जना स्थानीय पत्रकार पनि मा’रिएका छन् ।