मान्छे म’रेको डोरी करोडौँमा बिक्री हुने भनि महिलाको ह’त्या, आरो’पित तीन जना प’क्राउ

मान्छे म’रेको डोरी करोडौँमा बिक्री हुने भनि महिलाको ह’त्या, आरो’पित तीन जना प’क्राउ

काठमाडौं : प्रहरीले नुवाकोटकी ४५ वर्षीया कमला तामाङको ह’त्यामा संलग्न ३ जनालाई प’क्राउ गरी सार्वजनिक गरेको छ ।

प’क्राउ पर्नेहरुमा मकवानपुरका २३ वर्षीय सविन प्रजा, उनकी श्रीमती प्रविना प्रजा माझी र मोरङका २० वर्षीया सुमन मगर रहेका छन् । नुवाकोट बेलकोटगढी ९ की तामाङ ललितपुरको सुनाकोटी भन्ने ठाउँमा बस्थिन् । त्यहाँको टहरोमा एक्लै बस्ने उनको गत भदौ २४ गते ह’त्या भएको थियो ।

मान्छे म’रेको डोरी महंगोमा बिक्री हुन्छ भन्ने सुनेपछि उनीहरुले कल्पनाको ह’त्या गर्ने योजना बनाएको सोही अनुसार ह’त्या गरेको खुल्न आएको अपराध महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत भदौ २४ गते अपरान्ह ४ः३० बजेको समयमा मृ’तक कल्पनाको टहरोमा गई मापसे गरी हात बाँधेर डोरीले घाँटीमा कसी ह’त्या भएको थियो ।

भने ह’त्यापछि उनले लगाएको गरगहना र मोबाइल समेत लुटपाट गरेका थिए । मानिस झु’न्डिएर म’रेको डोरी करोडौँमा बिक्रि हुने अन्धविश्वाबाट महिलाको ह’त्या भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प’क्राउ परेका तीनै जनाबारे अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।