बुटवल घटना अपडेटः प्रहरीको गो’लीबाट एकजनाको मृ’त्यु

बुटवल घटना अपडेटः प्रहरीको गो’लीबाट एकजनाको मृ’त्यु

बुटवल : बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर एकजनाको मृ’त्यु भएको छ ।

औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घा’इते भएका ६ जनामध्ये एकको मृ’त्यु भएको प्रहरीले जनाएको छ। झडपमा करिब ३ दर्जन हवाई फायर भएको बताइएको छ ।

भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको थियो। अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो। अवस्था अहिले पनि तनावपूर्ण रहेको छ ।

सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति छ।