काठमाण्डौमा वायु प्रदूषणको अवश्था भयावहक, सकेसम्म घरबाहिर ननिस्कन विज्ञहरुको सुझाव

काठमाण्डौमा वायु प्रदूषणको अवश्था भयावहक, सकेसम्म घरबाहिर ननिस्कन विज्ञहरुको सुझाव

काठमाण्डौंं:  केहि दिन यता हल्का सुधार भए पनि काठमाण्डौ सहित देशभरि पुन वायु प्रदूषण बढेकाले जनस्वास्थ्य विज्ञले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्कनै परे एन–९५ मास्क प्रयोग गर्न अनुरोध गरेका छल् ।

उनले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गरेका हुन् ।

 

वायु प्रदूषणका कारण स्वासप्रश्वासमा कठिनाइ, आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर धिमालले बताएका छन् । उनले अत्यावश्यक काम नभइ सवारी साधन नचलाउन र सवारी साधन वा पेसा व्यवसायका कारण हुन सक्ने वायु प्रदूषणका कारणलाई कम गर्न आग्रह गरेका छन् ।

 

गनले यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्ने, वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत अनुरोध गरेका छन्।

गर्मी बढेसँगै डढेलोका कारण सोमवार बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ । यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारण सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।

अहिले पनि काठमाण्डौ उपत्यकामा रहेका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषणको मात्रा खतरनाक अवस्थामा रहेको देखाइरहेका छन् ।