अमेरिकन आइडलमा अर्थर गनको पुनः आगमन

अमेरिकन आइडलमा अर्थर गनको पुनः आगमन

काठमाडौंः नेपाली मुलका दिवेश पोखरेल उर्फ अर्थर गनले अमेरिकन आइडलमा पुनः प्रतिस्पर्धा गर्ने भएका छन्।

उनले ‘अमेरिकन आइडल’ को १९ औं संस्करणका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्। यसअघि उनी अमेरिकन आइडलको १८ ‍औँ सिजनमा रनरअप भएका थिए। सिजन १८ का १० प्रतियोगीले आउँदो संस्करणमा गायन प्रतिस्पर्धामा भाग लिने अबसर पाएका हुन्।

अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कारण गत सिजनका १० जनालाई मौका दिने निर्णय गरेको हो। १० जनाले अप्रिल १९ मा हुने एपिसोडका लागि प्रतिस्पर्धा गर्नेछन्।

अमेरिकाको बसाइँ सर्नुअघि दिवेशले नेपालमा ‘ग्रहण’ र ‘खोज’ गरी दुई एल्बम निकालिसकेका छन्।