प्रकाश सपुतको नयाँ गीतः ‘मेरो पनि होइन र यो देश’ चर्चाको शिखरमा

प्रकाश सपुतको नयाँ गीतः ‘मेरो पनि होइन र यो देश’ चर्चाको शिखरमा

काठमाडौंः लोकगायक प्रकाश सपुतका अधिकांश गीतहरु चर्चामा आउने गर्छन् । अहिले फेरि उनी बेग्लै पहिचान बोकेर चर्चामा आएका छन् । गायक सपुतको नयाँ गीत ‘मेरो पनि होइन र यो देश ?’ अहिले चर्चामा छ ।

राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई समेटिएको यो गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएलगत्तै चर्चामा रहन सफल यो गीतले ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । देशप्रतिको गौरव र गुनासो दुबै प्रस्तुत गरिएको गीतमा सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने मागसमेत गरिएको छ ।