गायीका मेलिना राइको ‘तिमी बिना’ सार्वजनिक

गायीका मेलिना राइको ‘तिमी बिना’ सार्वजनिक

काठमाडौंः गायिका मेलिना राइको स्वरमा सजिएको गीत ‘तिमी बिना’को भिडियो सार्वजनिक भएको छ । गीतमा रोविन टोटोको शब्द, तारा लक्सम लिम्बुको संगीत रहेको छ ।

जीवन स्वारले निर्देशन गरेको गीतको भिडियोमा विश्वजित रिमाल र अश्मिता ढकालले अभिनय गरेकाछन् । मार्मिन मौसम, विवेक पराजुली र संगीता पराजुलीलाई पनि यो भिडियोमा देख्न सकिन्छ ।

आङ्छ्ँन लामाको छायांकन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन छ । भिडियोका निर्माता ज्योती लोहार टोटो हुन् ।