निषेधाज्ञा पालना नगर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा

निषेधाज्ञा पालना नगर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा

काठमाडौंः प्ररहीले कोरोना माहारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई नियन्त्रणमा लिएको छ । दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी ३८१ वटा साना जिप तथा कारहरु पनि होल्ड गरिएका छन् । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १८४ वटा ठूला सवारीसाधन पनि प्रहरी नियन्त्रणमा परेका छन् ।

साँझ ७ बजेपछि ती सवारीलाई छोड्छौं,’ अधिकारीले बताएका छन् । उनका अनुसार तीन दिनका बीचमा काठमाडौंबाट सावा दुई लाख मान्छे बाहिरिएका छन् । बिहीबार विहानसम्म काठमाडौंका विभिन्न नाकाबाट बाहिरिने सवारीको चाप थियो ।