फेरि बढ्यो सुनको भाउ, हेर्नुस् कति पु’ग्यो ?

फेरि बढ्यो सुनको भाउ, हेर्नुस् कति पु’ग्यो ?

काठमाडौं : आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार फेरि ३०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको हो ।

त्यस्तै आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।

यता चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।