दोहोरो अंकले बढ्दै उच्च विन्दुमा पुग्यो नेप्से परि’ सूचक

दोहोरो अंकले बढ्दै उच्च विन्दुमा पुग्यो नेप्से परि’ सूचक

काठमाडौं : शेयर बजार परिसूचक नेप्से फेरि उच्च विन्दुमा पुगेको छ । नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा अडिएको छ । यसअघि आइतवार (हिजों) नेप्सेले २७ सय ३८ विन्दुको रेकर्ड बनाएको थियो ।

तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन, विकास बैंक र उत्पादन तथा प्रशोधन समुहमा गिरावट आए पनि बजार तेज गतिमा दौडिएको परिसूचकहरुले देखाउँछ ।

नेप्सेले कीर्तिमानी विन्दुको रेकर्ड बनाएको दिन कारोबार रकम भने घटेको छ । दुई सय १८ वटा कम्पनीका एक करोड ९० लाख कित्ता शेयर नौ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ६६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

रुरु हाइड्रो र समता घरेलु लघुवित्तसहित ११ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनी, श्री इन्भेस्टमेन्ट लगायतका केही कम्पनीको शेयर सामान्य घटेको छ ।