सेयर बजारमा नयाँ रेकर्ड, ११ अर्ब नाघ्याे काराेबार रकम

सेयर बजारमा नयाँ रेकर्ड, ११ अर्ब नाघ्याे काराेबार रकम

काठमाडौं : सेयर बजार दोहोरो अंकको वृद्धिसँगै बजार परिसूचक २८०० अंक नजिकको ऐतिहासिक उचाइमा पुगेको छ । सातको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३४.५९ अंकले वृद्धि हुँदा २७९३.८१ अंकको ऐतिहासिक उचाइमा पुगेको हो ।

बजार परिसूचक मात्रै नभएर मंगलबार कारोबार रकमले पनि इतिहास रचेको छ । नेप्सेमा एकैदिन पहिलो्पटक कारोबार रकम ११ अर्ब नाघेको छ । आज नेप्सेमा २ करोड ३० लाख २४ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब २९ करोड ८९ लाख ४८ हजारको कारोबार भएको छ ।

बजारमा उल्लास देखिएको भन्दै सेयर लगानीकर्ताहरुले खुसी व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुनु सबैका लागि खुसीको कुरा भएको समेत बताएका छन् ।