राजेश पायलको ‘आधा लैजाउ तिमी माया’ बोलको गीत सा’ र्वजनिक

राजेश पायलको ‘आधा लैजाउ तिमी माया’ बोलको गीत सा’ र्वजनिक

काठमाडौं : गायक राजेश पायल राइको स्वरमा सजिएको ‘आधा लैजाउ तिमी माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा तारा लिम्बुको शब्द, सबिन लिम्बुको संगीत रहेको छ ।

कुशल श्रेष्ठद्वारा निर्देशित गीतको भिडियोमा अमित सुब्बा र क्रिन्चा राइको अभिनय देख्न सकिन्छ । यो भिडियोको छायांकन बेलायतमा गरिएको हो ।

भिडियोमा कुशलकै छायांकन तथा सम्पादन छ । भिडियोमा अमित र क्रिन्चाको मायालु पलहरुलाई उतारिएको छ ।