सुन तोलामा ४ सयले घ’ ट्यो

सुन तोलामा ४ सयले घ’ ट्यो

काठमाडौं : नेपाली बजारमा आज शुक्रबारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

यससँगै आज छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।