तो’डियो दुई दिनमै दश ह’जार मिटर दौडको विश्व की’र्तिमान

तो’डियो दुई दिनमै दश ह’जार मिटर दौडको विश्व की’र्तिमान

एजेन्सी : १० हजार मिटर महिला दौडमा फेरि नयाँ विश्व कीर्तिमान कायम भएको छ ।

नेदरल्यान्डको हेन्गेलोमा मंगलबार २९ मिनेट १.०३ सेकेन्डको समय निकाल्दै इथोपियन धाविका लेटसेनबट गिडीले नयाँ विश्व कीर्तिमान बनाएकी हुन् ।

गिडीले २ दिनअघि डच धाविका सफिन हसनले कायम गरेको २९ मिनेट ६.८२ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

हसनले इथोपियन धाविका अलमाज अयानाले सन् २०१६ मा कायम गरेको २९ मिनेट १७.४५ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी थिइन् ।

‘म सँधै विश्व कीर्तिमान कायम गर्ने प्रयासमा हुन्थेँ र २९ मिनेटको समय निकाल्दै १० हजार मिटरमा त्यो पूरा गरे’ २३ वर्षीय गिडीले खेलपछि भनिन् ।