से-यर बजारमा दो’होरो अंकको गि’रावट

से-यर बजारमा दो’होरो अंकको गि’रावट

काठमाडौं : सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको छ ।

नेपाल इन्स्यारेन्सका लगानीकर्ताहरुले बुधबार धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर १ हजार ६ रुपैयाँ पुगेको छ ।

दोस्रोमा युनाइटेड मोदी हाइड्रोपावरक कम्पनी र तेस्रोमा रिढी हाइड्रोपावर कम्पनी देखिएका छन् । यसैगरी अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्यारेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

उता धेरै गुमाउनेहरुको पहिलो नम्बरमा युनाइटेड आइडीआई मार्दी, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंकको सेयर मूल्य धेरै घटेको छ ।