श्रम स्वीकृति सेवा अब ह-प्तामा दुई दिन खु’ला ग’रिने

श्रम स्वीकृति सेवा अब ह-प्तामा दुई दिन खु’ला ग’रिने

काठमाडौं भौतिक रुपमा उपस्थिति भई श्रम स्वीकृति लिनुपर्नेहरुको लागि श्रम स्वीकृति (रि–इन्ट्री) तथा वैधानिकीकरण (लिगलाइजेशन) हप्तामा दुई दिन हुने भएको छ।

हरेक हप्ताको आइतबार र बुधबार कार्यालय खुल्ला गरी सेवा दिइने वैदेशिक रोजगार काठमाडौं कार्यालयले जनाएको हो।

कोरोना कहरको दोस्रो लहरको जोखिम बढेसँगै कार्यालयले गत वैशाख २४ गतेदेखि अनलाईन प्रणालीमार्फत मात्रै रि–इन्ट्रीको सुविधा दिँदै आएको थियो।

यसअघि बायोमेट्रिक नहुनेहरुको लागि अनलाईनमार्फत सेवा दिन नसकेपछि कार्यालयले सातामा एक दिन (बुधबार) सेवा दिने निर्णय गरेको थियो। लसेवाग्राहीको अत्याधिक चाप बढेपछि कार्यालयले हप्तामा दुई दिन सो सेवा प्रवाह गर्ने सूचना जारी गरेको छ।

यो सुविधा बायोमेट्रिक नहुनेहरुको हकमा मात्रै भएकाले बायोमेट्रिक हुनेहरुले अनलाईनबाटै सेवा लिन कार्यालयले आग्रह गरेको छ। कार्यालयले नयाँ श्रम स्वीकृति भने खुल्ला गरेको छैन।