गीतकार सुरेश आचार्य ‘सियरा’को ‘तिमी आकाश छुन’ सार्वजनिक (भिडियोसहित)

गीतकार सुरेश आचार्य ‘सियरा’को ‘तिमी आकाश छुन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं: गीतकार सुरेश आचार्य  ‘सियरा’को नयाँ गीत  तिमी आकाश छुन सार्वजनिक भएको छ । गीतमा गायिका मिलन नेवारको स्वर तथा ख्यातिप्राप्त संगीतकार टीका भण्डारीकाे संगीत छ । बिहीबार किरण क्रियसनको युट्युब च्यानलमार्फत् गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

नेपाल सरकारका सचिव समेत रहेका गीतकार सु्रेश आचार्यको गीतकारका रुपमा साहित्यिक नाम भने ‘सियरा’ हो । कुशल प्रशासकको परिचय बनाएका सचिव आचार्य प्रशासनीक क्षेत्रमा इमानदार र कर्तब्यनिष्ठ कर्मचारीको रुपमा समेत सुपरिचित छन् ।

पछिल्लो समय उनले आफूलाई गीतकारको रुपमा प्रस्तुत गरेका हुन्। यही मेसोमा उनले लेखेको गीतको तिमी आकाश छुन को भिडियोसहित आज सार्वजनिक भएको हो ।