गण्डकी प्र-देशमा मुख्यमन्त्रीका लागि आधार पे’श गर्न आ’ह्वान

गण्डकी प्र-देशमा मुख्यमन्त्रीका लागि आधार पे’श गर्न आ’ह्वान

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी हुन्।

संविधानको धारा १६८(३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा रहेका छन् ।