ब्रह्माण्डकै रहस्यमय जीव, जाे पृथ्वी नै ध्व’स्त भए पनि बाँच्न सक्छ

ब्रह्माण्डकै रहस्यमय जीव, जाे पृथ्वी नै ध्व’स्त भए पनि बाँच्न सक्छ

आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डि’ग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात एक असाधारण क्षमताको पहिचान भएको छ । एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीव विकिरणयुक्त क्षेत्र, अत्यधिक चिसो ठाउँ, ख’तरनाक सुख्खा ठाउँमा मात्र होइन, अन्तरीक्षमा पनि बाँच्न सक्दछ ।

शोधकर्ताहरुले यसका दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेर  यसमा एउटा जिन पत्ता लगाएका छन् । सोही जिनका कारण यो जीवले निकै प्र’तिकुल वातावरणमा पनि आफूलाई बँचाइराख्न सक्दछ र पुनः तंग्रिएर उठ्न सक्दछ । यसको जिउको आकारका कारण यसलाई पानीको भालु पनि भन्ने गरेको पाईन्छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा जस्तो प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ बाँच्न सक्ने अनुमान लगाईएको छ । यो जीव प्रायः जलाशय सुकेर सुख्खा बनेका क्षेत्रमा पनि पाइन्छ । यसले निकै सुख्खा वातावरणमा पनि आफूलाई ज्यूँदै राख्दछ र वर्षौंपछि सुख्खा ठाउँमा पानी भरिँदा पुनः उठ्ने क्षमता विकसित गरेको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार, यो जीवको यस्तो असाधारण क्षमताको कारक तत्व एउटा विशेष जिन हो । उक्त जिन सुख्खा परिस्थितमा सक्रिय हुन्छ र यस जीवको कोशिकाहरुमा पानीको ठाउँ लिन्छ । जब सुख्खा ठाउँमा पानी पर्दछ तब उक्त जिन निस्क्रिय हुन्छ र शरीरका कोशिकाहरुमा पुनः पानी भरिन्छ । एजेन्सी