रामकृष्ण ढकाल र मेलिना राईको नयाँ गीत ‘सुनसरी इनरुवा, घुमेर हेरौँला’ (भिडियोसहित)

रामकृष्ण ढकाल र मेलिना राईको नयाँ गीत  ‘सुनसरी इनरुवा, घुमेर हेरौँला’ (भिडियोसहित)

काठमाडौं : गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ । गीतमा सुनसरीको सदरमुकाम इनरुवा आसपासका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ । गीतमा उमेश रेग्मीको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा गायक ढकाल र अभिनेत्री रिमा विश्वकर्माको अभिनय समेटिएको छ । युवराज वाइवाले  निर्देशन गरेको भिडियोको निलास पौडेलले छायाँकन र विकास दाहालले  सम्पादन गरेका हुन् ।