बिरामी श्री’मानको मृ-त्युपछि श्री’मतीद्वारा अस्पतालमै आ’त्महत्या

बिरामी श्री’मानको मृ-त्युपछि श्री’मतीद्वारा अस्पतालमै आ’त्महत्या

काठमाडौं : नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर ललितपुमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् ।ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यका अनुसार म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेको हुन् ।

‘क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी रहिछन्’, एसपी बज्रचार्यले भनिन्, ‘तर उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि अस्पतालकै बाथरुमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो ।’ घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बज्रचार्यको भनाइ छ ।

मृत पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो । अस्पतालका सीईओ डा. बच्चुकैलाश कैनीले श्रीमानको मृत्युको पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने बताएका छन् । ‘बिहीबार राति करिब १ बजेतिर नर्सहरु राउन्डमा गएर उनको श्रीमानको अवस्थाबारे जानकारी लिएका रहेछन् । त्यसबेलासम्म उनी कुरुवा रुममै सुतिरहेकी थिइन्’ उनले भने ।

श्रीमानको राति नै मृत्यु भएको र त्यसपछि उनले आत्महत्या गरेको अस्पतालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए ।