कर्णालीमा दुई मन्त्री तत्काल राजीनामा दिन एमालेको निर्देशन

कर्णालीमा दुई मन्त्री तत्काल राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागि भएका रहेका तीन जना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबारको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।