शताब्दी पुरुष सत्यमोहन जोशी ९ दिनपछि अस्पतालबाट डिस्चार्ज

शताब्दी पुरुष सत्यमोहन जोशी ९ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं : शताब्दी पुरुष डा. सत्यमोहन जोशी ९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले चिकित्सकको सल्लाह बमोजिम ९ दिनपछि आज डिस्चार्ज गरिएको हो ।

अस्पतालका अनुसार जोशीको स्वास्थ्यमा सुधार आएको छ। ‘उहाँको स्वास्थ्यमा सुधार भई हिँडडुल गर्न सक्ने हुनुभएको छ,’ अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जोशीको स्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गढबडी साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते महालक्ष्मीस्थानस्थित किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।