४०२० जना संक्रमणमुक्त, थप सं’क्रमित २७६८ः ४४ को मृ-त्यु

४०२० जना संक्रमणमुक्त, थप सं’क्रमित २७६८ः ४४ को मृ-त्यु

काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा देशभर २ हजार ७६८ संक्रमित थपिएका छन्।

कुल १३ हजार ३७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। हालसम्म देशभर ३२ लाख ५५ हजार ५७९ जनाको पिसिआर तथा १ लाख ३३ हजार ६२७ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ४ हजार २० जना निको भएका छन्। कुल संक्रमितमा निको हुनेको दर ८९ प्रतिशत रहेको छ। हाल सम्म ५ लाख ४९ हजार ६८२ जना निको भएका छन्।

२४ घण्टामा ४४ जनाको मृत्यु भएको छ। कुल ८ हजार ६४१ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेको दर १. ६ प्रतिशत छ।

हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १७ हजार ९४७ जना र एन्टिजेन परीक्षणमध्ये २४ हजार ८६१ जनामा पोजेटिभ देखिएको तथ्यांक छ।