यु’वराज र मे’लिनाको ‘शितल शितल’ सार्वजनिक, उत्कृष्ट टिक’टक बनाउनेलाई न’गद २० हजार

यु’वराज र मे’लिनाको ‘शितल शितल’ सार्वजनिक, उत्कृष्ट टिक’टक बनाउनेलाई न’गद २० हजार

काटमाडौं : मेलिना  राईको स्वरमा गायक युवराज मगरको नयाँ गीत सार्वजनिक भएको छ । उनी र मेलिना राईको स्वरमा ‘शीतल शीतल’बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो ।

गीतको रचना गायक प्रकाश सपूतले गरेका हुन् । युवराज मगरकै संगीत रहेको गीतलाई संजिव बराईली र केशव बडुले एरेन्ज गरेका छन् । गीतको भिडियोमा नायक नाजिर हुसेनले अभिनय गरेका छन् । उनको साथमा शुभेच्छा मगर भारतीको अभिनय समेत हेर्न सकिन्छ । राजिव समरको कोरियोग्राफीमा शान थापाले भिडियोको निर्देशन गरेका हुन् । अर्जुन तिवारीले भिडियोको छायाँकन गरेका हुन् ।

उक्त गीत गायक युवराजकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई नगद २० हजार रुपैयाँ पुरस्कारको समेत घोषणा गरिएको छ ।

एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक युवराजले झण्डै १ सय गीतमा स्वर दिएका छन् । ‘मयाली’, ‘सयौँ जुनी’, ‘चरी’, ‘गोरखपुरे रेलैमा’ लगायतका उनका गीतलाई स्रोता एवं दर्शकले रुचाएका छन् । सार्वजनिक ‘शीतल शीतल’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आशावादी रहेको युवराजले बताएका छन् ।