१८ वर्षपछि गंगा बरदानले ल्याए नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ (भिडियोसहित)

१८ वर्षपछि गंगा बरदानले ल्याए नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ (भिडियोसहित)

धरान : २०६० सालपछि कुनै पनि गीत नल्याएका लोकप्रिय लोकगायक गंगा बरदानले १८ वर्षपछि नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ सार्वजनिक गरेका छन् ।

राजीब हलवाईको रचना तथा बरदानकै संगीत रहेको गीतमा सृजन नेपालको संगीत संयोजन रहेको छ । उमेरले ६९ पुगेका बरदानले संगीतमा ५० बर्ष बिताएका छन् । उनी आफ्नो पुरानो गीत फेरि रेकर्ड गर्ने योजनामा छन् ।

संगीतकार समेत रहेका बरदानका ‘छपनीले छान’, ‘कहाँमा काट्यो बेतको लौरी’, ‘बजारै भरौन धरानै’, ‘सुपाडी कुटुक्क’, ‘माया गर्ने बानी उल्टै गर्छ हानी’, ‘जीउको मासु’ लगायत थुप्रै गीत लोकप्रिय रहेका छन् ।