‘द भ्वाइस अफ नेपाल’ मा दीप श्रेष्ठको पुनः आ’गमन

‘द भ्वाइस अफ नेपाल’ मा दीप श्रेष्ठको पुनः आ’गमन

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को कोच गायक दीप श्रेष्ठ पुनः सेटमा फर्किएका छन्। उनी आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किएका हुन्।

श्रेष्ठ पुर्ण रुपमा निको भएर सेटमा फर्किसकेको ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले बताएका छन्। ‘दीप सर सेटमा फर्किसक्नु भएको छ। शुक्रवार र शनिवारको एपिसोडमा दर्शकले दीप सरलाई नै कोचको रुपमा देख्न पाउनेछन्। एपिसोडको सुटिङ दुईदिन अघि नै भइसकेको छ’, उनले भने ।

कोरोना संक्रमणका कारण अक्सिजन लेबल कम भएपछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो। दुई साताको अस्पताल बसाई पछि उनी घर फर्किएर आराम गरिरहेका थिए। जसकारण श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को सेटमा उपस्थित हुन सकेका थिएनन्। दीप श्रेष्ठ उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’का रुपमा राजेशपायल राई उपस्थित भएका थिए।

यो सातादेखि ‘द भ्वाइस अफ नेपाल ३’ लाइभ राउण्ड प्रसारण हुनेछ। जसमा १२ जना प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिन पाउने छन्। कोरोनाको उच्च जोखिम भएकाले स्वास्थ्य मापदण्ड पुरा गरि लाइभ राउण्डका एपिसोडहरु पनि दर्शकबिना नै छायाँकन गरिएको समेत पौडेलले जानकारी दिएका छन् ।