गलत स’माचारबाट टाढा रहन आँचलको आ’ग्रह, के उनी ‘गर्भवती’ भएकै हुन् त ?

गलत स’माचारबाट टाढा रहन आँचलको आ’ग्रह, के उनी ‘गर्भवती’ भएकै हुन् त ?

काठमाडौं : पछिल्लो समय युवापुस्तामा लोकप्रिय नायिका आँचल शर्माले आफ्नो बारेमा आएको एक समाचारको बिषयमा स्पष्टिकरण दिदै गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी छिन् ।

नायिका आँचल शर्मा गर्भवती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भैरहेको छ । यही बिषयमा स्पष्टिकरण लेख्दै आँचलले गलत समाचारले बढी आकर्षित गर्ने उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन् । पक्कै पनि, गलत समाचारले सबैको ध्यान तान्छ ।’

आँचलले केही राम्रो कारणले गर्दा अझै केही बर्ष आफूले आमा बन्ने बिषयमा नसोचेको उल्लेख गरेकी छन् । आफू आमा बन्ने भएपछि यो खबर आफूले नै सुनाउने उनको भनाई रहेको छ । आँचलले यसैले पनि अहिलेलाई गलत समाचारबाट टाढा रहन फ्यानहरुलाई आग्रह गरेकी हुन् ।

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले डेढ बर्ष अगाडि बिहे गरेका थिए ।