नेप्से परिसूचकमा छलाङ, एकैदिन ९७.२१ अंकले बढ्यो: हेर्नुहोस् कति विन्दुमा पुग्यो?

नेप्से परिसूचकमा छलाङ, एकैदिन ९७.२१ अंकले बढ्यो: हेर्नुहोस् कति विन्दुमा पुग्यो?

काठमाडौं : लामो समयसम्मको निराश सेयर बजारको मौनता तोड्दै आइतबार सेयर बजार परिसूचक नेप्सेले छलाङ मारेको छ । आज आइतबार नेप्से परिसूचक एकै दिन ९७.२१ अंकले बढेर २ हजार ९८०.६१ विन्दुमा पुगेको हो ।

नेपाल स्ट्क एक्सचेन्जका अनुसार केही समयअघि ३ हजार माथि पुगेर ओरालो यात्रामा रहेको नेप्सेले पुनः आफ्नो उकालो यात्रा तय गरेको हो । नेप्सेका अनुसार आज साताको पहिलो कारोबारका दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १९.५५ अंकले बढेर ५६०.९६ विन्दुमा पुगेको छ ।

यसदिन सबै समूहहरु धनात्मक भएर बजारमा हरियाली छाएको छ । आज कुल २२१ कम्पनीका २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख १६ हजार २९४ पटक किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

गत हप्ताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३ दशमलव ३८ बिन्दुमा पुगेको बजार बन्द भएको थियो ।