सेयर बजारमा नयाँ रेकर्ड, कारोबार सुरु भए लगत्तै नप्से परिसूचकले उच्च विन्दु छोयो

सेयर बजारमा नयाँ रेकर्ड, कारोबार सुरु भए लगत्तै नप्से परिसूचकले उच्च विन्दु छोयो

काठमाडौं : कारोबार साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ ।

कारोबार सुरु भए लगत्तै ५० अंकले बढेको बजारमा नेप्से परिसूचक तीन हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सवैभन्दा उच्च बिन्दू हो ।

यसअघि जेठ ३१ गते नेप्से परिसूचक तीन हजार २५ अंकमा पुगेको थियो । त्यसपछिका एक महिना १५२ अंकले घटेको बजारमा आइतबारदेखि तीव्र सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेको थियो ।

सोमबारको कारोबारमा नयाँ रेकर्ड कायम हुँदा बजारमा ५० करोड बढीको कारोबार भएको छ । कारोबारमा आएका १३ उपसूचकमध्ये ११ वटा सूचकमा हरियाली छाएको छ ।

यो पनि पढ्नुहोस्:

काठमाडौं : मेरो शेयरमा नयाँ फिचर थपिएको छ । सरकारले नयाँ आव २०७८/७९ बाट नयाँ पुँजीगत लाभकर लागू गरेपछि मेरो शेयर प्रणालीमा नयाँ फिचर थपिएको हो । यसअन्तर्गत केन्द्रीय निक्षेप प्रणाली सीडीएससीले ‘मेरो शेयर’ मा ‘माई होल्डिङ्स’ नामको फिचर थपेको छ ।

लगानीकर्तालाइ शेयर होल्डका आधारमा पुँजीगत लाभकर निर्धारण गरेपछि मेराे शेयरमा शेयर अवधि गणना गर्ने याे फिचर थप भएकाे हाे । आफूले बिक्रि गरेको शेयर कुन अवधिकाे हाे, यकिन गरी ट्रान्सफर गर्न’My Purchase Source मा My Holdings’ भन्ने अप्सन थपिएकाे सीडीएससीले जनाएकाे छ ।

लगानीकर्ताले याे फिचरबाट आफूले किनेको शेयर कति समय होल्ड गरेँ भन्ने कुरा सहजै थाहा हुने बताइएकाे छ । आइतबार साँझ ७ बजेदेखि सीडीएससीले मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप भएकाे जानकारी दिएकाे छ ।

नयाँ पुँजीगत लाभकरअनुसार लगानीकर्ताले एक वर्षभन्दा कम समयमा शेयर बेचे ७.५ प्रतिशत लाभकर र १ वर्षभन्दा बढी होल्ड गरे ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ ।