सोमबार दोहोरो अंकले बढ्यो नेप्से, अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि धेरै

सोमबार दोहोरो अंकले बढ्यो नेप्से, अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि धेरै

काठमाडौं : सोमबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। १३. ९७ अंकले बढेर परिसूचक २९९४ अंकमा कायम भएको छ।

यस दिन कुल ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको हो। हिजो ११ अर्ब ६३ करोडको कारोबार भएको थियो।

यस दिन बैंकिङ १०, ब्यापार १९६, निर्जीवन बीमा १०१, उत्पादन ४१, अन्य १६ र जीवन बीमा समूह ५३ अंकले बढेका छन्। होटल तथा पर्यटन १६, विकास बैंक १८, माइक्रोफाइनान्स ४, जलविद्युत १ र फाइनान्स समूह २९ अंकले घटेका छन्।

सिनर्जी पावर डेभलपमेन्टको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो भने नेपाल इन्स्योरेन्सको मूल्य साढे ७ प्रतिशतले बढेको छ। नागरिक लगानी कोष, हिमालय उर्जा विकास कम्पनी, अरुण काबेली, हिमालय पावर पार्टनरका लगानीकर्ता पनि कमाउनेमा अगाडि रहेका छन् । त्यस्तै, गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ३.६ प्रतिशतले घटेको छ। मन्जुश्री फाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ३५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भयो। त्यस्तै नबिल बैंकको ३३ करोडको कारोबार भयो भने नेपाल बंगलादेश बैंकको ३१ करोडको सेयर किनबेच भएको छ ।