अरुण काबेली पावरको निकै छोटो समयमा ६ लाख ३६ हजार बढी कित्ता खरिद बिक्री, कारोबार रकम कति?

अरुण काबेली पावरको निकै छोटो समयमा  ६ लाख ३६ हजार बढी कित्ता खरिद बिक्री, कारोबार रकम कति?

काठमाडौं : कारोबार साताको तेस्रो दिन मंगलबार कारोबार सरु भएको साढे ३ घण्टा पुग्दाँ अरुण काबेली पावर लिमिटेडको ६ लाख ३६ हजार भन्दा बढी कित्ता शेयर खरिद बिक्री भएको छ ।

कम्पनीको सो अवधीसम्म ६ लाख ३६ हजार ४१६ कित्ता शेयर खरिदबिक्री हुदाँ रु. ३३ करोड ७६ लाख ५५ हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख ४६ हजार ८३५ कित्ता खरिद माग भएको भने २ लाख ३ हजार ९०७ कित्ता शेयर बिक्री माग भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं : कारोबार साताको तेस्रो दिन कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ९.६४ अंकले ओरालो लागेको छ ।

मंगलबार कारोबार सुरु भएको तीन घण्टा बित्दाँ परिसुचक ९.६४ अंकले ओरालो लागेर २९८४.९४ को बिन्दुमा झरेको छ ।

तीन घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा कम्पनीको ५७ हजार ४०३ पटकको कारोबारमा २ करोड २१ लाख ७८ हजार ९१३ कित्ता शेयरको रू ५ अर्ब ३२ करोड १८ लाख बराबरको कारोबार भएको छ ।

आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२४ शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।