प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार र चन्द समूहबीच भएको शान्तिवार्ता र सहमति कार्यान्वयनका बारेमा छलफल बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री देउवाका साथमा गृहमन्त्री बालकृष्ण खाँण छन् । नेकपाका तर्फबाट भने महासचिव चन्दसहित नेताहरु खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।