प्रताप दासको स्वरमा डा.उपाध्यायको ‘नाम केवल तिम्रो’ सार्वजनिक (भिडियो सहित)

प्रताप दासको स्वरमा डा.उपाध्यायको  ‘नाम केवल तिम्रो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं : गीतकार डा.डी.आर.उपाध्यायद्वारा रचित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दासको स्वरमा रेकर्ड भएको ‘नाम केवल तिम्रो’ गीतलाई सागर अधिकारी ‘शरद’ ले संगीतबद्ध गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेले अभिनय गरेका छन् । कृष्ण पौडेलको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा सुजन श्रेष्ठको छायांकन र युवराज खत्रीको सम्पादन रहेको छ । गीतकार डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विविध ५९ विधामा विश्व रेकर्ड राखेका छन् ।

सबै वर्ग, पेशा र समुदायका लागि गीत लेखन गर्दै आएका उनको २४ एल्बम आएका छन् । मायाप्रेम, रोमान्स, विछोडका बिषयमा गीत लेख्न सिपालु उनले छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत बनाएका छन् ।